Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • डीआईजी मुकुन्दराज आचार्य नेपाल प्रहरीको ‘अस्थायी’ प्रवक्ता

    डीआईजी मुकुन्दराज आचार्य नेपाल प्रहरीको ‘अस्थायी’ प्रवक्ता

    अनलाइन नेपाल
  • बिहिबार, २९ पुष २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्यलाई नेपाल प्रहरीको प्रवक्ता बनाइएको छ।

    प्रहरी प्रधान कार्यालयमा कार्यरत उनलाई बुधबारदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।



    सचिवालयका अनुसार अर्को निर्णय नहुन्जेल अस्थायी रूपमा आचार्यलाई प्रवक्ता बनाइएको हो । यसअघि प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर प्रहरी प्रवक्ता थिए। उनलाई महानगरीय अपराध महाशाखामा सरुवाग गरिएपछि प्रवक्ता पद खाली थियो ।



    प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी प्रवक्ता बनाउने चलन भए पनि आवश्यक परेका बेला प्रहरी महानिरीक्षकको सचिवालयले अनुकूल निर्णय गर्ने गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार