Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रहरीका १३ डीआईजीको पदस्थापन, तीन प्रदेश प्रमुख फेरिए

    प्रहरीका १३ डीआईजीको पदस्थापन, तीन प्रदेश प्रमुख फेरिए

    अनलाइन नेपाल
  • बुधबार, १३ बैशाख २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपीबाट डीआईजीमा बढुवा भएका १३ जनाको पदस्थापन गरेको छ ।

    जसअनुसार डीआईजी चन्द्रकुवेर खापुङको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको प्रहरी महाशाखामा पदस्थापन भएको छ भने मधेश प्रदेश प्रहरी प्रमुखमा जनक भट्टराई, कोशी प्रदेश प्रहरी प्रमुखमा राजेशनाथ बास्तोला र सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुखमा भरतबहादुर बोहराको पदस्थापन भएको छ ।



    डीआईजीहरु क्रमश: बिष्णु कुमार के.सीको नेपाल प्रहरी प्रधान कार्यालय अस्वेषण योजना तथा विकास निर्देशनालय, रबिन्द्र केसीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान् महाराजगंज, लालमणि आचार्यको काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं,सुरेन्द्र् प्रसाद मैनालीको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय नक्साल, काठमाडौं, अर्जुन चन्द ठकुरीको साइबर ब्यूरो भोटाहिटि काठमाडौ, यज्ञ बिनोद पोखरेलको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौ र विकासराज खनालको नेपाल प्रहरी प्रधान कार्यालय कार्य बिभाग निर्देशनालय नक्साल काठमाडौंमा पदस्थापन भएको छ ।



    आईजीपी सचिवालयमा डीआईजी कुबेर कडायतको पदस्थापन भएको छ । उनलाई प्रवक्ताको जिम्मेवारी दिने तयारी छ । उनीहरु २९ चैत्र २०७९ मा सिफारिस भएर ६ बैशाखमा बढुवा नियुक्ति भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार