Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सशस्त्रका ११ डिआइजीको सरुवा, को कहाँ पुगे ?

    सशस्त्रका ११ डिआइजीको सरुवा, को कहाँ पुगे ?

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 636
    SHARES

    काठमाडौं । सरकारले सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ ।

    गृह मन्त्रालयले ११ डिआइजीको सरुवा गरी हालै बढुवा भएका चार जनाको पदस्थापन गरेको हो । गृह मन्त्रालयले सरुवा गरेसंगै आठै बाहिनीका डिआइजी फेरिएका छन् ।



    सरुवा अनुसार बराह बाहिनी सुनसरीमा अञ्जनी कुमार पोखरेल, छिन्नमस्ता बाहिनी महोत्तरीमा दीपेन्द्र शाह, पशुपतिनाथ बाहिनी, काठमाडौंमा पुरुषोत्तम थापाको सरुवा भएको छ ।



    गढीमाई बाहिनी मकवानपुरमा लक्ष्मण बहादुर सिंह, मुक्तिनाथ बाहिनी कास्कीमा कालीदास धौवजी, विन्ध्वावासिनी बाहिनी लुम्बिनीमा विदुर खड्का, महेश्वरी बाहिनी सुर्खेतमा प्रदीप कुमार पाल र बैद्यनाथ बाहिनी कैलालीमा कुमार न्यौपानको सरुवा भएको छ ।

    बाहिनीहरुमा नियमित हेरफेर गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार