Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आजको मौसम : देशमा पश्चिमी वायूको आंशिक प्रभाव, हल्का वर्षाको सम्भावना

    आजको मौसम : देशमा पश्चिमी वायूको आंशिक प्रभाव, हल्का वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शनिबार, १ माघ २०७८
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    हाल प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा सामन्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।



    महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।



    प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    महाशाखाका अनुसार शनिबार राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार