Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • संक्रमितको संख्या ४५०० नाघ्दा मृतकको संख्या पनि बढ्यो

    संक्रमितको संख्या ४५०० नाघ्दा मृतकको संख्या पनि बढ्यो

    अनलाइन नेपाल
  • शनिबार, १ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । यद्यपी शुक्रबार भन्दा आज भने संक्रमितको संख्या केही कम देखिएको छ ।
    शुक्रबार ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने आज ४ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१२ पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार १४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा १४ हजार ५५६ जनामा कोरोना परीक्षण गरिएको थियो। देशभर २१ हजार ५ सय ८४ जना कोरोनाका सक्रिय संक्रमित छन्।



    पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् भने ३५० जना संक्रमणबाट मुक्त भएका छन्।

    काठमाडौं उपत्यकामा मात्रै २ हजार २१९ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ संक्रमित थपिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार