Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पर्यटनमन्त्री आलेलाई कोरोना पुष्टि, धर्मशालाको छानबिन प्रतिवेदन बुझ्ने कार्यक्रम पनि स्थगित

    पर्यटनमन्त्री आलेलाई कोरोना पुष्टि, धर्मशालाको छानबिन प्रतिवेदन बुझ्ने कार्यक्रम पनि स्थगित

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 969
    SHARES

    फाइल फोटो

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    मन्त्रालय स्रोतका अनुसार सोमबार बिहान मन्त्री आलेको रिपोर्ट पोजिटिभ आएको हो।



    मन्त्री आलेलाई कोरोना संक्रमण देखिएसँगै पशुपति क्षेत्र विकास कोषअन्तर्गत बतास समूहले होटल सञ्चालन गरेको धर्मशालाको छानबिन प्रतिवेदन बुझ्ने कार्यक्रम समेत स्थगित भएको  मन्त्रालय स्रोतले जनाएको छ।



    यस्तै, स्रोतका अनुसार मन्त्री आलेसँगै उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि संक्रमण पुष्टि भएको छ।  यसअघि माओवादी केन्द्रका अध्यक्षदेखि नेताहरु, नेकपा समाजवादीका अध्यक्ष माधव नेपाललगायतलाई संक्रमण पुष्टि भएको थियो।

    यद्यपि प्रचण्ड भने कोरोनामुक्त भइसकेको उनको सचिवालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार