Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

    आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
    उक्त प्रणालीका कारण हाल प्रदेश १ तथा मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु लागेको शाखाको भनाइ छ। अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ।

    आज ९बुधलबार० सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरुको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।



    आज राति देशको पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ।



    उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार