Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओमिक्रोन भेरियन्टप्रति सजक रहन डब्ल्यूएचओको आग्रह

    ओमिक्रोन भेरियन्टप्रति सजक रहन डब्ल्यूएचओको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा। टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरिएन्टलाई सामान्य रूपमा लिइनु सही नहुने बताएका छन् ।

    जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेब्रेयससले ओमिक्रोन भेरिएन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गरेका हुन् । ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भएपनि यसलाई नजरअन्दाज गर्न नहुने उनको सुझाब छ ।



    गेब्रेयसले ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको र मत्यु पनि भएकाले स्वास्थ्य केन्द्रमा अत्यधिक भीडभाड बढेको सम्मेलनमा बताए ।



    संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ भेरिएन्ट देखिन सक्ने भन्दै तत्काल कोभिड महामारी अन्त्य नहुने भन्दै यसका लागि निगरानी तथा मूल्याङ्कन गर्न आवश्यक रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार