Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता, गठबन्धनको बैठक बोलाउने सहमति

    देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता, गठबन्धनको बैठक बोलाउने सहमति

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । तीन दलका प्रमुख नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन् ।



    प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ प्रमुख ३ दलका शीर्ष नेताबीच छलफल भएको हो । बिहीवार साँझ ३ शीर्ष नेताबीच छलफल भएको र गठबन्धनको बैठक शुक्रवार अपराह्न ४ बजे बालुवाटारमा बस्ने सहमति भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।



    भेटमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार