Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कैलालीमा अब विवाह, ब्रतबन्ध आयोजना गर्नुअघि सीडीओको स्वीकृति अनिवार्य

    कैलालीमा अब विवाह, ब्रतबन्ध आयोजना गर्नुअघि सीडीओको स्वीकृति अनिवार्य

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 1.3K
    SHARES

    धनगढी । कोरोना संक्रमण दर निरन्तर बढ्न थालेपछि कैलालीमा थप कडाइ गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले कोरोना संक्रमण न्यूनीकरणका लागि थप कडाइ गर्ने निर्णय गरेको हो ।

    जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार कोरोना रोकथाम तथा नियन्त्रण गर्न डीसीसीएमसीले २५ वटा निर्णय गरेको छ । उनका अनुसार अब कैलालीमा विवाह र ब्रतबन्ध जस्ता कार्यक्रम गर्नुअघि प्रमुख जिल्ला अधिकारीको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ ।



    डीसीसीएमसीको बैठकले धार्मिक, साँस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्नुअघि अनुमति लिनुपर्ने निर्णय गरेका हो । पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक चौथाइमा नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थिती रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिनु पर्नेछ ।



    जिल्ला प्रशासन कार्यालयका अनुसार अब विवाह, ब्रतबन्ध, न्वारान तथा पास्नी जस्ता कार्यक्रम आयोजना गर्नुअघि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनु पर्ने भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार