Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • दाइसँग विवाह, भाइसँग शारीरिक सम्पर्क

    दाइसँग विवाह, भाइसँग शारीरिक सम्पर्क

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 1.4K
    SHARES

    महोत्तरी । भाइको फोटो देखाएर दाइसँग विवाह । यस्ता दृश्य काल्पनिक सिरियलमा देखिन्छ । तर, धनुषाको धनुषाधाम नगरपालिका–४ मा यस्तै घटना घटेको छ । सुन्दा आङै जिरिङ हुन्छ ।

    लमीको सहयोगमा भाइको फोटो देखाएर १७ वर्षीया किशोरीको दाइसँग विवाह गरिदिए । जब किशोरीले विवाहमा धोका भएको थाहा पाइन् । उनको जीवनमा अर्को बज्रपात आइलाग्यो । आफ्नै सासु र नन्दले वंशका लागि भन्दै श्रीमान्का भाइ ९देवर०सँग यौन सम्पर्क गर्न दबाब दिए ।



    गएको असारमा गौशाला–५ का लालेन्द्र साहसँग किशोरीको विवाह भयो । विवाहको कुरा हुँदा लमीले विवाह गर्ने पुरुष भन्दै शैलेन्द्र साहको फोटो देखाएका थिए । किशोरीले बुहारी भएर घर भित्रिएपछि थाहा पाइन् । फोटोमा देखिएको व्यक्ति त देवर परेछन् । ‘भाग्यको लेखा भन्दै किशोरीले चित्त बुझाउने प्रयास गर्दै थिइन् ।



    यातनाको अर्को शृंखला सुरु भयो । ‘देवरसँग यौन सम्पर्क गर्नुपर्ने । ‘जे भयोभयो भनेर चित्त बुझाउँदै थिएँ नन्द तुलसीकुमारीले देवरसँग सुत भन्न थाल्नु भो ।’ किशोरीले रुँदै भनिन् ‘म मानिनँ नन्द र सासुले मुखमा कपडा कोचेर राति राति कुट्न थाले ।’

    घर परिवारको दबाब भन्दै देवर शैलेन्द्रले पनि आमा समानकी भाउजूको अगाडि राक्षसी रूप देखाए । ‘धेरैपटक देवरले मलाई करणी गरे,’ किशोरीले भनिन् ।

    शैलेन्द्रले किशोरीमाथि जर्बजस्ती करणी जारी राखेपछि स्थानीय बुद्धिजीवी र प्रहरीको रोहबरमा इलाका प्रहरी कार्याल गौशालामा छलफलमा बसे । छलफलले किशोरीलाई शैलेन्द्रसँग विवाह गराउने निर्णय ग¥यो ।

    ‘यस विषयमा धेरैपटक छलफल भएपछि अन्तिममा देवर शैलेन्द्रसँग विवाह किशोरीको विवाह गराउनेमा समाज राजी भयो,’ प्रहरी निरीक्षक मनोजकुमार यादवले भने ।

    घरको आर्थिक अवस्था कमजोर रहेको तर हुनेवाला ज्वाइँको खान्दान धनी भएकाले १ लाख रुपैयाँ ऋण खोजेर छोरीको विवाह गरेको पीडित किशोरीकी बाबु सुरदेव पुर्वेले बताए । राजधानी दैनिबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार