Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विवाह मण्डपबाटै बेहुला पक्राउ, बेहुली पक्ष र जन्तीको बिचल्ली

    विवाह मण्डपबाटै बेहुला पक्राउ, बेहुली पक्ष र जन्तीको बिचल्ली

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 4.4K
    SHARES

    झापा । प्रहरीले झापाको गौरादहमा विवाह मण्डपबाटै बेहुलालाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–१ निवासी साजनकुमार चौधरीलाई प्रहरीले मण्डपबाटै पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने चौधरीलाई बिहीबार विवाह मण्डपबाटै पक्राउ गरिएको छ ।



    जेठी श्रीमतीले आफ्नो श्रीमानले झापामा दोस्रो विवाह गर्न खोजेको भन्दै आजै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए ।



    सोही उजुरीका जन्तीसहित आएका चौधरी गौरादह–२ की युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका चौधरीमाथि इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान थालेको छ ।

    विवाह मण्डपबाटै बेहुला पक्राउ परेपछि बेहुली पक्ष र जन्तीको बिचल्ली भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार