Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कैलालीमा सिडिओद्वारा नयाँ आदेश जारी, आज रातिदेखि लागू हुने (२४ बुँदे आदेशसहित)

    कैलालीमा सिडिओद्वारा नयाँ आदेश जारी, आज रातिदेखि लागू हुने (२४ बुँदे आदेशसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.9K
    SHARES

    धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापाले २४ बुँदे आदेश जारी गरेका छन् । कोभिड–१९ को ग्राफ फेरि बढ्न थालेपछि थापाले आदेश जारी गरेका हुन्।

    बिहीबार भएको जल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसीसीएमसी) ले गरेको निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।



    उनका अनुसार पुस २५ गते जारी भएको आदेशलाई थप कडाइका साथ लागू गर्न अर्को आदेश जारी भएको हो। सिडिओ थापाद्वारा जारी आदेशअनुसार २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम गर्न रोक लगाइएको छ।



    होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतका सार्वजनिक स्थानमा जाँदा कोभिडविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार