Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपत्यकासहित देशभर सिटामोलको अभाव कायमै

    उपत्यकासहित देशभर सिटामोलको अभाव कायमै

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोभिड–१९ सङ्क्रमणको दर बढेसँगै उपत्यकासहित देशभर सिटामोलको अभाव कायमै रहेको छ । आमउपभोक्ताको गुनासोपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सरोकारवालालाई बोलाएर सिटामोलको अभाव तत्काल समाधान गर्न निर्देशन दिएका थिए ।

    उक्त निर्देशनपछि औषधि व्यवस्था विभाग, नेपाल औषधि उद्योग लिमिटेड र निजी उत्पादक उद्योगीले बिहीबारदेखि उपत्यकासहितका बजारमा सहज रूपमा सिटामोल उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए तर बजारमा अहिले पनि बजारमा सिटामोल पाइँदैन ।



    उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले व्यवसायीको निजी स्वार्थपूर्तिका लागि अहिलेको परिस्थितिमा जुनसुकै बेला आवश्यक पर्ने सिटामोलको अभाव सिर्जना गरेको आरोप लगाए । उनले भने, “अहिले बजारमा सिटामोल अभाव होइन, औषधि उत्पादक उद्योगीले कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउन सरकारलाई बाध्य पार्ने खेल हो । ”



    औषधि उत्पादकका अनुसार बजारमा सिटामोल अभावको मुख्य कारण भने विगतमा सरकारले निर्धारण गरेको यसको अधिकतम मूल्य नै हो ।

    सरकारले सिटामोलको उपभोक्ता मूल्य प्रतिट्याब्लेट एक रुपियाँ निर्धारण गरेको छ तर उत्पादकका अनुसार यसको उत्पादन लागत नै एक रुपियाँ ४० पैसा पर्छ । सोही कारण सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडबाहेक अन्य निजी उत्पादकले सिटामोल उत्पादन गर्दैनन् । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार