Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • एमालेको चुनाव चिन्ह सूर्य नरहने

    एमालेको चुनाव चिन्ह सूर्य नरहने

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 6.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको चुनाव चिन्ह ‘सूर्य’ अब नरहने संकेत देखिएको छ । यद्यपि निर्वाचन आयोगले एमालेलाई सूर्य चिन्ह हटाउन वा पुनरावलोकन गर्न आधिकारिक पत्र भने पठाएको छैन।

    यसअघि गत माघ २ गते निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई गाई चिन्ह हटाउन पत्र लेखेको थियो । पत्रमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र गरिसकिएको भए सोको पुनरावलोकन गर्ने’ उल्लेख गरिएको छ।



    यता, आयोगको यो पत्रलाई लिएर राप्रपाले अदालत जाने बताएको छ । यदी यो मुद्दामा अदालतले आयोगको पक्षमा फैसला भए राप्रपाको गाई चिन्ह मात्र नभई एमालेको सूर्य चिन्ह समेत बदर हुने देखिन्छ । किनकी राप्रपाको चुनाव चिन्ह राष्ट्रिय जनावर गाई हो भने एमालेको चुनाव चिन्ह सूर्य जुन राष्ट्रिय झण्डामा अंकित रहेको छ ।



    यस्तो थियो राप्रपालाई आयोगले लेखेको पत्र:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार