Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिममा थपिए ५५० कोरोना संक्रमित, एक जनाको मृत्यु

    सुदूरपश्चिममा थपिए ५५० कोरोना संक्रमित, एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 807
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण निरन्तर बढ्दो क्रममा छ।

    प्रदेशमा आज मात्रै ५५० जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ३२६ जनाको एन्टिजेन र २२४ जनाको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।



    पछिल्लो २४ घण्टामा एक हजार ५४७ जनाको कोरोना परीक्षण भएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकामध्ये १०३ जना भने आज नै भारतबाट फर्केका नागरिक हुन्।



    आज सुदूरपश्चिमका नाका भएर ७६८ जना स्वदेश फर्केका छन्। यस्तै प्रदेशमा सक्रिय संक्रमितको संख्या पनि उकालो लागेको छ। निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार २७९ जना सक्रिय संक्रमित पुगेका छन्।

    उनीहरुमध्ये ९२ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्। यस्तै पछिल्लो २४ घण्टामा एकजना संक्रमितको मृत्यु भएको निर्देशनालयले जारी गरेको तथ्यांकमा उल्लेख छ।

    धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ७७ वर्षीय एक पुरुषको मृत्यु भएको हो। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार