Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • उत्तर कोरियाले गर्यो फेरि दुई अज्ञात मिसाइल प्रहार

    उत्तर कोरियाले गर्यो फेरि दुई अज्ञात मिसाइल प्रहार

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 894
    SHARES

    फाइल फोटो

    एजेन्सी । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपिआरके) ले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ ।

    दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै मंगलबार सो जानकारी दिएको छ । दक्षिण कोरियाली सेनाले मंगलबार बिहान उत्तर कोरियाबाट पूर्वी जलक्षेत्रमा प्रक्षेपण गरिएका दुईवटा अज्ञात क्षेप्यास्त्र पत्ता लगाएको स्रोतले जनाएको छ ।



    क्रुज मिसाइलहरूको प्रक्षेपण संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लङ्घन भने नभएको बताइएको छ । प्योङयाङलाई ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लगाएकोमा नपरेको जनाइएको छ ।



    यस महिनाको सुरुमा, उत्तर कोरियाले जनवरी ५ र ११ मा हाइपरसोनिक मिसाइल, जनवरी १४ मा दुई रेलवे छोटो दूरीको ब्यालेस्टिक मिसाइल र जनवरी १७ मा दुईवटा रणनीतिक निर्देशित मिसाइल सहित चार मिसाइल परीक्षणहरू गरिसकेको छ । –सिन्हा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार