Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रुसले युक्रेनमाथि आक्रमण गरे पुटिनमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी

    रुसले युक्रेनमाथि आक्रमण गरे पुटिनमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरे रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् ।

    युक्रेनमाथि अआक्रमण गरे रुसी राष्ट्रपति पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने बाइडेनले चेतावनी दिएका हुन् । रसियाले युक्रेनमा कुनै कदम चालेमा संसारका लागि ठूलो परिणाम हुने पनि अमेरिकी राष्ट्रपति बाइडेनले बताएका छन् ।



    रसियाले युक्रेनमा आक्रमण गरे मस्कोले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला बाइडेनको पनि पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने अभिव्यक्ति सार्वजनिक भएको हो ।



    उता युक्रेन मामिलालाई लिएर अमेरिका र उसका साझेदारहरुले तनाब बढाएको रसियाले आरोप लगाएको छ । त्यस्तै, युक्रेनामथि अतिक्रमण गर्ने आफ्नो कुनै नीति नभएको पनि रसियाको भनाई छ । तर, यक्रेनसँगको सीमामा मस्कोले क्याम्पहरु खडा गरेर झन्डै एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार