Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिममा थपिए ६१४ जना कोरोना संक्रमित, १०९ जना डिस्चार्ज

    सुदूरपश्चिममा थपिए ६१४ जना कोरोना संक्रमित, १०९ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 834
    SHARES

    कैलाली । बुधबार सुदूरपश्चिम प्रदेशमा थप ६१४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा एक हजार ८५० नमुना परीक्षण गर्दा थप ६१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

    निर्देशनालयका अनुसार ३६६ नमुना पिसिआर गर्दा २४९ जना र एक हजार ४८४ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ३६५ जनामा संक्रमण देखिएको हो ।



    यस्तै २४ घण्टामा १०९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका १०४ जनामा संक्रमण पुष्टि भएको छ ।



    निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा २८ जना, गड्डाचौकी नाकामा ५४ जना, झुलाघाट नाकामा १७ जना र पुलघाट नाकामा पाँच जना गरी १०४ जनामा संक्रमण देखिएको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार