Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ सकियो : विष्णु रिमाल

    अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ सकियो : विष्णु रिमाल

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 972
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम “उत्सव” सकिएको टिप्पणी गरेका छन् ।

    आज बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राष्ट्रियसभाको निर्वाचनबाट अपहरित पूरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम उत्सव सकिएको टिप्पणी गरेका हुन् ।



    उनले अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्ने पनि बताएका छन् ।



    ”स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिङ्गो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन्,’ उनले भने,’बिधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन ।”

    साथै उनले चौतर्फी घेरा तोडेर एमालेबाट विजयी सोनाम ग्याल्जेन शेर्पालाई बधाई समेत दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार