Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दोस्रो मात्रा खोप लगाउन काठमाडौं र ललितपुरका विद्यालय खुल्दै

    दोस्रो मात्रा खोप लगाउन काठमाडौं र ललितपुरका विद्यालय खुल्दै

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं र ललितपुरका विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिएको २८ दिनपछि यही माघ २४ गतेबाट दोस्रो मात्राको खोप अभियान शुरू हुने भएको छ ।

    यसका लागि विद्यालय फेरि खोल्नुपर्ने भएको छ । ललितपुर र काठमाडौं स्वास्थ्य कार्यालयले माघ २४ देखि दोस्रो मात्रा खोप लगाउने तयारी भएकोले त्यसपछि पनि विद्यालय खोल्न आज स्थानीय तहलाई पत्र पठाउने तयारी गरेको छ ।



    यसअघि नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेकालाई पुनः खोप लगाउन माघ १६ देखि २० गतेसम्म फेरि विद्यालय खोल्ने निर्णय गरिसकेको छ । काठमाडौं र ललितपुरमा पहिलो मात्रा खोप लगाउने विद्यार्थी संख्या न्यून छ । भक्तपुरमा मोडर्ना खोप अभियान सञ्चालन भइसकेको छ ।



    दोस्रो मात्रा शुरू भएसँगै पहिलो मात्रा खोप छुटेकालाई पनि लगाइदिने अभियान सञ्चालन गर्नुपर्ने अवस्थामा दुई मन्त्रालयबीचको समन्वय अभावको कारण भने समस्या देखिएको बताइएको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार