Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जाल्पा सामुदायिक लघुवित्तको ५ लाख २२ हजार कित्ता आईपीओ माघ २१ देखि आउँदै

    जाल्पा सामुदायिक लघुवित्तको ५ लाख २२ हजार कित्ता आईपीओ माघ २१ देखि आउँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ लाख २२ हजार कित्ता आइपिओ माघ २१ गतेदेखि जारी गर्ने भएको छ।
    कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो । माघ ९ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको थियो ।

    ५ लाख २२ हजार कित्ता शेयरमध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याइएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।



    बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । माघ २१ गतेबाट बिक्री खुला हुने आईपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार