Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नेपाल वेयर हाउजिङ कम्पनीको आइपिओ बाँडफाँट

    नेपाल वेयर हाउजिङ कम्पनीको आइपिओ बाँडफाँट

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 534
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आइपिओ आज बाँडफाँट भएको छ।

    बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १ लाख १४ हजार १२५ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।



    उक्त आइपिओमा कुल १२ लाख ७६ हजार ५५८ जनाको आवेदन परेकामा ८४ हजार ५६० जनाको आवेदन रद्द भएको छ।



    योग्य ११ लाख ९१ हजार ९९८ जना आवेदकहरुलाई गोलाप्रथामा सहभागी गराइएको थियो। कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म उक्त आइपिओ सर्वसाधारणका लागि बिक्री गरेको थियो।

    कम्पनीले एक सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपिओ निष्कासन गरेको हो। लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार