Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • मुक्तिनाथ कृषि कम्पनीको आइपिओ बाँडफाँट

    मुक्तिनाथ कृषि कम्पनीको आइपिओ बाँडफाँट

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 477
    SHARES

    फाइल फोटो

    काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपिओ आज बाँडफाँट भएको छ।

    बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १ लाख १४ हजार ८०० जनाले १० कित्ताका दरले सेयर पाएका छन्।



    उक्त आइपिओका लागि १२ लाख ७८ हजार ८६७ जनाले आवेदन दिएकामा ४ हजार ३०० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ। योग्य १२ लाख ७४ हजार ५६७ आवेदकहरुलाई गोलाप्रथामा समावेश गराइएको थियो।



    कम्पनीले जारी पुँजी ७० करोड रूपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

    कम्पनीले पहिलो चरणको सोको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी पहिले नै बाँडफाँट गरिसकेको छ।

    कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरू र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको थियो।

    सोही आइपिओ कम्पनीले मंगलबार बाँडफाँट गरेको हो। लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार