Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो, कतिसम्म दिने आवेदन

    सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो, कतिसम्म दिने आवेदन

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 525
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ आजदेखि खुलेको छ ।

    यसअघि न्यूनतम एक हजार रुपैयाँको आईपीओ भर्दै आएका लगानीकर्ताले आज निष्कासन हुन लागेको सर्वोत्तम सिमेन्टको आईपीओ भने त्यति रुपैयाँमा भर्न नपाइने भएको छ ।



    कम्पनीले पहिलोपटक बुकबिल्डिङ विधिद्वारा आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओमा न्यूनतम ५० कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ ।



    कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

    आवेदन छिटोमा फागुन १६ सम्म खुल्ला रहने छ भने सो अवधिसम्म मागअनुसार आवेदन नपरे फागुन २७ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार