Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रिलायन्स स्पिनिङले बुक बिल्डिङबाट आईपीओ जारी गर्ने

    रिलायन्स स्पिनिङले बुक बिल्डिङबाट आईपीओ जारी गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 411
    SHARES

    फाइल फोटो

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट माघ १० गतेदेखि आईपीओ जारी गर्ने भएको छ ।

    बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सार्वजनिक सूचना जारी गर्दै पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि १० गतेदेखि आईपीओ जारी गर्न लागिएको जनाएको हो।



    कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६ सय कित्ता साधारण सेयर जारी गर्नेछ । जसमध्ये पहिलो चरणमा ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बिक्री गर्ने भएको हो ।



    बाँकी ११ लाख ५५ हजार ९६० कित्ता सेयर पछि सर्वसाधारणका लागि जारी हुनेछ । पहिलो चरणमा संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म नेपाल स्टक एक्स्चेन्जमा बोलकबोल आवेदन दिनेछन् ।

    संस्थागत लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि अधिकतम मूल्य ९१२ रुपैयाँसम्मका लागि बोलकबोल गर्नेछन् । सोही बोलकबोलका आधारमा कटअफ मूल्य तय हुनेछ ।

    कटअफ मूल्यको १० प्रतिशत न्यूनतम मूल्यमा सर्वसाधारणलाई सेयर जारी हुनेछ । गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ६७ पैसा छ ।

    त्यस्तै प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा र सञ्चित नाफा ५ अर्ब ६३ करोड रुपैयाँ रहेको विवरणपत्रमा उल्लेख छ । साधारण लगानी फिर्ता हुने अवधि ६.८८ वर्ष प्रक्षेपण गरिएको छ । कम्पनीका अध्यक्ष पवनकुमार गोल्यान हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार