Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हिमालयन रिइन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि खुला

    हिमालयन रिइन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि खुला

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 468
    SHARES

    फाइल फोटो

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओमा आजदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ ।

    कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणका लागि प्राथमिक सेयर बिक्रीमा ल्याएको हो ।



    १० अर्ब रुपैयाँ बराबरको जारी पुँजीको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको छ।



    जसमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गरिसकेको छ भने बाँकी २ करोड ४९ लाख कित्ताका लागि कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूसँग आवेदन माग गरेको हो ।

    कूल जारी आईपीओ मध्ये २ प्रतिशत अर्थात् ६ लाख कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएको छ भने ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणमा जारी गरिएको हो ।

    सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने पुस १ गतेसम्म आवेदन दिन सकिने छ ।

    तोकिएको सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने पुस ११ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्कासन तथा व्यवस्थापनमा एनएमबी क्यापिटल रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार