Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्ने म्याद सर्‍यो

    हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्ने म्याद सर्‍यो

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 699
    SHARES

    फाइल फोटो

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्ने म्याद सरेको छ ।

    अंकित मूल्य १ सयमा प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरी कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निस्कासन गर्दैछ ।



    यसअघि भोलि मंगलबारदेखि कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री खुला गर्ने मिति तय गरेकोमा त्यो अवधिलाई मंसिर ४ देखि मात्रै खुला हुनेगरी सारेको हो ।



    तिहारको लामो विदा पर्ने भएकाले मिति सारिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । वैदेशिक रोजगारमा रहेकाले अब मंसिर ४ देखि १८ गतेसम्म यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

    कम्पनीको सेयर निस्कासनलाई इक्रा नेपालले ए माइनस रेटिङ प्रदान गरेको छ । इक्राले सबैभन्दा बलियो कम्पनीले एएए रेटिङ प्रदान गर्दछ भने कमजोर कम्पनीलाई डी रेटिङ प्रदान गर्दछ ।

    यो कम्पनीलाई प्रदान भएको ए माइनस रेटिङले कम्पनी मध्यमस्तरमा बलियो रहेको जनाउँछ । कम्पनीको अपरिस्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ९२ पैसा छ भने प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३२ पैसा छ । सो अवधिसम्म सञ्चित नाफा ४४ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार