Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सर्वसाधारणका लागी खुल्यो नेपाल वेयरहाउजिङको आईपीओ

    सर्वसाधारणका लागी खुल्यो नेपाल वेयरहाउजिङको आईपीओ

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 540
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वसाधारणका लागि नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओमा आवेदन खुलेको छ ।

    नेपाल वेयर हाउजिङले कम्पनीले सर्वसाधारणलाई छुट्ट्याएको १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ३७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गरिसकेको छ।



    कम्पनीले २७ हजार ५ सय कित्ता सेयर कर्मचारीका लागि तथा ६८ हजार ७ सय ५० कित्ता सेयर म्युचुअल फन्डका लागि छुट्ट्याएर बाँकी रहेको ११ लाख ४१ हजार २ सय ५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने भएका छन्।



    कम्पनीको आईपीओमा सर्वसाधारणले मंसिर १३ गतेसम्म आवेदन दिन पाउनेछन्। यदि सो अवधिमा सब्स्क्राइब नभएको खण्डमा आवेदन दिने अवधि मंसिर २४ सम्म बढाइनेछ ।

    आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। नेपाल वेयर हाउजिङको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल हो।

    कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङले आईआरएन डबल बी माइनस रेटिङ प्रदान गरेको छ। यो रेटिङअनुसार कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको बुझाउँछ।

    नेपाल वेयर हाउजिङ कम्पनीले कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिकटन क्षमताका भण्डारण गृह सञ्चालन गर्दै आएको छ। कम्पनीले किसान, व्यापारी, मिलर र व्यापारीको अन्न भण्डारण आवश्यकता पूरा गर्दै आएको छ। कम्पनीको विवरणपत्रअनुसार असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८।८७ रुपैयाँ ऋणात्मक छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार