Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आज राति १२ बजेदेखि उपत्यकामा सार्वजनिक गाडीमाथि लगाइएको जोरबिजोर प्रणाली हट्ने

    आज राति १२ बजेदेखि उपत्यकामा सार्वजनिक गाडीमाथि लगाइएको जोरबिजोर प्रणाली हट्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथि लगाइएको जोर बिजोर प्रणाली हट्ने भएको छ ।

    उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठकले शुक्रबार राति १२ बजेबाट जोर बिजोर हटाउने निर्णय गरेको हो । काठमाडौँका सिडिओ गोविन्दप्रसाद रिजालका अनुसार माघ ७ गतेबाट लागू भएको जोरबिजोर प्रणाली राति १२ बजेबाट हट्ने छ ।



    यसअघि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पनि सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो ।



    जोरबिजोर प्रणाली लागू गर्दा सडकमा कम सवारी साधन कुद्ने र जसले गर्दा कोचिएर हिँड्नु पर्ने अवस्था आएको भन्दै विरोध भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार