Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अत्याउने खालका अभिव्यक्ति नदिन पश्चिमा मुलुकलाई युक्रेनी राष्ट्रपतिको आग्रह

    अत्याउने खालका अभिव्यक्ति नदिन पश्चिमा मुलुकलाई युक्रेनी राष्ट्रपतिको आग्रह

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशको सिमानामा रुसी सेनाको तैनाथीलाई लिएर अत्याउने खालमा अभिव्यक्ति नदिन पश्चिमा राष्ट्रहरुलाई आग्रह गरेका छन् ।

    आसन्न आक्रमणको चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको उनले गुनासो गरे ।



    अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले अर्को महिना आफ्नो छिमेकीमाथि आक्रमण गर्न सक्ने जिकिर गरेका थिए । उता रुसले भने आफुले युक्रेनसँग युद्ध नचाहेको भन्दै आक्रमणको हल्ला निराधार रहेको जिकिर गर्दै आएको छ ।



    आफ्नो सिमानामा रुसले करिब १ सेना तैनाथ गरे पनि राष्ट्रपति जेलेन्सकीले अघिल्लो हिउँदयामको भन्दा ठूलो खतरा नदेखेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार