Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सलमान खान नेपाल आउँदै

    सलमान खान नेपाल आउँदै

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 2.9K
    SHARES

    काठमाडौँ । बलिउड नायक सलमान खान नेपाल आउन लागेको चर्चा सुरु भएको छ । कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जाले उनलाई नेपाल आउन निम्तो गरेको र उनी सकारात्मक देखिएको बताइएको छ ।

    यसै साता साउदी अरबमा भएको ‘जोय अवार्ड’ मा सहभागी हुने क्रममा निर्मलले सलमानलाई उपहारस्वरुप आफ्नो बायोग्राफी पुस्तक हस्तान्तरण गर्दै नेपाल भ्रमणको निम्तो दिएका हुन् ।



    सलमानसँगको एक तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै निर्मल पूर्जाले लेखेका छन्, ‘सलमान भाईलाई भेटेर एकदमै खुसी लाग्यो । नम्र र प्रसिद्ध । मेरो देशमा छिटै भेट हुनेछ ।’



    निर्मललाई सलमान खानसँग नेपालका उद्योगपति निर्वाण चौधरीले भेटाएका हुन् । संसारका चर्चित सेलिब्रेटीहरुलाई बोलाएर काठमाडौंमा एक कार्यक्रम गर्न लागेका निर्मलले सलमानलाई पनि निम्तो दिएका हुन् ।

    गत नोभेम्बरमा निर्मल पूर्जामाथि बनेको डकुमेन्ट्री ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ नेटफिल्क्समा रिलिज भएको थियो । यो डकुमेन्ट्रीले उनलाई संसारभर चिनाएको छ । ब्रिटिश आर्मी समेत रहेका निर्मल पूर्जाले ४८ घन्टामा सगरमाथा, ल्होत्से र मकालुको आरोहण गरेर रेकर्ड राखेका छन् । उनको नाममा जाडो मौसममा पाकिस्तानको केटु हिमाल आरोहण गरेको रेकर्ड पनि छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार