Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्थानिय तहको निर्वाचन टार्ने प्रयास असफल : महासचिव पोखरेल

    स्थानिय तहको निर्वाचन टार्ने प्रयास असफल : महासचिव पोखरेल

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आगामी जेठमा स्थानीय चुनाव गर्न सरकारलाई सिफारिस गर्ने गठबन्धन दलको बैठकले निर्णय गरेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानिय तहको निर्वाचन टार्ने प्रयास असफल भएको प्रतिक्रिया दिएका छन् ।

    सामाजिक सञ्जाल फेसबूकमा स्ट्याटस लेख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले जनमतको तागतले जेठमै चुनाव गराउन बाध्य पारेको संकेत गरेका छन् ।



    पोखरेलले लेखेका छन्, ‘स्थानीय निकायको निर्वाचन टार्ने प्रयास असफल भएपछि सत्ता गठबन्धनले भनेछ – ‘जेठ अगावै चुनाव गर्ने’ । हो, यसैलाई भनिन्छ जनमतको तागत ।’



    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठकले जेठभित्र चुनाव गर्ने गरी मिति तोक्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार