Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

    भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आइतवार बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । कोरोनाको सम्भावित जोखिम यथावत् रहेको भन्दै बैठक स्थगित गर्नुपरेको संसद सचिवालयले जनाएको हो ।

    अब बैठक यही माघ २६ गते बस्ने गरी निर्धारण गरेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए । संसद सचिवालयले अर्को बैठकको मिति आगामी माघ २६ गतेका लागि तय गरेको छ ।



    गत पुस ६ गतेदेखि सुरु भएको संसद बैठक त्यसपछि पुस ७ गते बसेको थियो । पुस ७ मा बसेर स्थगित प्रतिनिधिसभा अब माघ अन्तिमसम्म नबस्ने भएको हो ।



    यसअघि शनिबार नै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बिहान ११ बजेको लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार