Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सहिद दिवस:

    प्रधानमन्त्री देउवाले गरे सहिद स्तम्भमा माल्यार्पण

    प्रधानमन्त्री देउवाले गरे सहिद स्तम्भमा माल्यार्पण

    'ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि'

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित सहीद स्तम्भमा माल्यार्पण गरेका छन् ।

    शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भइ प्रधानमन्त्री देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका हुन्। कोरोना संक्रमणको अवस्थाका कारण शहीद दिवसको कार्यक्रम औपचारिकतामा सीमित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।



    यसअघि सहिदहरुको सम्झनामा एक शुभकामना संदेश जारी गर्दै प्रधानमन्त्री देउवाले विसं २००७ को एकतन्त्रीय जहाँनिया राणा शासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२–६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तन सहिदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको बताएका थिए ।



    प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते भई स्वास्थ्योपचार गराइरहेका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

    प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइने गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार