Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नियन्त्रित औषध २० हजार ८१५ क्याप्सुल ट्रामाडोलसहित पाँच जना पक्राउ

    नियन्त्रित औषध २० हजार ८१५ क्याप्सुल ट्रामाडोलसहित पाँच जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्‍यूरोले २० हजार ८ सय १५ क्याप्सुल नियन्त्रित औषध ट्रामाडोलसहित पाँच जना लाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा काठमाडौं सिफल बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-१ का २५ वर्षीय सुनिल भन्ने निमा दोर्जे शेर्पा, काठमाडौं गोकर्णेश्वर बस्ने बझाङ चैनपुर नगरपालिका-८ का २९ वर्षीय उमेश कुमार केसी, काठमाडौं चाबहिलस्थित कल्याणकारी मेडिकल हलका संचालक संखुवासभा पाँचखपन गाउँपालिका-७ का ३० वर्षीय पेम्वा शेर्पा रहेका छन्।



    यस्तै, नुवाकोट म्यगङ गाउँपालिका-५ का ३४ वर्षीय राजाराम दवाडी र काठमाडौं टोखा बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-१ का ३८ वर्षीय बद्रिनाथ पौडेल रहेका छन्।



    उपत्यकामा नियन्त्रित लागूऔषध ट्रामाडोलको अबैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो तथा औषधी ब्यबस्था बिभाग बिजुली बजारबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

    उनीहरूमध्ये निमाबाट १ सय १५ ट्याब्लेट ट्रामाडोल र उमेशकुमारबाट २० हजार ७ सय क्याप्सुल ट्रामाडोल बरामद भएको छ । साथै पेम्वा शेर्पाबाट २ सय ९० ट्याब्लेट लोबाजाम, १ सय ५३ ट्याब्लेट लोरी, १ सय ट्याब्लेट निट्रेस्ट, ९० ट्याब्लेट जोलियुम, २ सय ७५ ट्याब्लेट कोडोट्याब, ३ सय ९० ट्याब्लेट क्लोजिप क्लोजिप, १४ ट्याब्लेट क्लोप्रियुम, ५ सय १८ ट्याब्लेट पाज, २ सय ८५ ट्याब्लेट क्लोनाज, ३० ट्याब्लेट स्टागन र ५० ट्याब्लेट कोफटाब बरामद भएको छ ।

    यसैगरी राजारामबाट बा.११ च १०१४ नम्वरको भ्यानमा ल्याएको १ सय ८० ट्याब्लेट लेभोनोरजेस्ट्रेल, ९० ट्याब्लेट अन्वान्टेड लेभोनोरजेस्ट्रेल, ८ सय ५० थान सफ्टजेल क्याप्सुल, ६ सय ७२ ट्याब्लेट बर्थ स्पेसिङ पिल्स, ३० वटा ल्याबोडर्म, १ सय ८४ ट्याब्लेट जेनेग्रा, १ सय ६० ट्याब्लेट जेनेग्रा रेड र ९० ट्याब्लेट प्रेगौट किक तथा बद्रिनाथ पौडेलबाट नगद १ लाख ४० हजार रुपैयाँ बरामद भएको छ ।

    पक्राउ परेका उनीहरुलाई औषधि ऐन २०३५ अनुसार कारबाहीका लागि औषधि व्‍यवपस्था विभाग बिजुलीबजार पठाइएको लागुऔषध नियन्त्रण ब्‍यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार