Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमसीसी बहस

    ट्वीटरमा भट्टराई र रावलको दोहोरी: ‘तिम्रो पीएचडी नक्कली, मेरो सक्कली !’

    ट्वीटरमा भट्टराई र रावलको दोहोरी: ‘तिम्रो पीएचडी नक्कली, मेरो सक्कली !’

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 1K
    SHARES

    काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर एमाले नेता भीम रावल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच दोहोरी नै चलेको छ।

    रावल र भट्टराई दुवै पीएचडी होल्डर हुन् । दुबैले नामको अगाडि डाक्टरको उपाधि पाएका छन् । रावलले नेपालकै त्रिभुवन युनिभर्सिटीबाट पीएचडी गरेका हुन् भने भट्टराईले भारतकाे जवाहारलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन्।



    ट्वीटरमा दोहोरी:



    एमाले नेता रावल सुरुदेखि नै एमसीसीको विपक्षमा छन्। उनले एमसीसीलाई राष्ट्रघाती सम्झौता भन्दै कुनै पनि हालतमा पारित गर्न नहुने भन्दै सरकारलाई दबाब दिँदै आएका छन् । उता जसपा संघिय परिषद अध्यक्ष समेत रहेका भट्टराई भने एमसीसी पास गर्न हात धोएर लागिपरेका छन्।

    यसैबिषयमा एमाले नेता रावलले आफ्नो पिएचडी नक्कली नभएको भन्दै भट्टराईको नै पिएचडी नक्कली हुन सक्ने बताएका छन्। तर, रावलको ट्वीट अघि भट्टराईले ट्वीट गरेका थिए । सोही ट्वीटको जवाफमा रावलले भट्टराईको पिएचडीमाथि प्रश्न उठाएका हुन् ।

    त्यसअघि रावलले बाबुराम प्रधानमन्त्री भएकै बेला कसैसँग सल्लाह नै नगरी एमसीसीसँग पत्राचार गरी टोली गठन गरेको दाबी गरेपछि भट्टराईले रावलको पिएचडीमाथि नै प्रश्न उठाएका थिए ।

    बाबुरामले लेखेका थिए, ‘यी कण भिम रावलले PhD गरेको भनेर नाउॅको अगाडि ‘डा.’ पनि झुण्ड्याउॅछन् । विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत, मिति, स्थान खुलाउनुपर्छ। उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहॉ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली PhD हुन्?’

    त्यसको जवाफ दिँदै मंगलबार रावलले लेखेका छन्, ‘बाबुरामजी प्रम हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु ।त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्न सकिन्थ्यो तर जानकारीसम्म गराइएन। PhD नक्कली सीमापारि हुने गरेको सधैं चर्चा हुन्छ, त्रिविविबाट PhD कसैको नक्कली हुने चर्चा नै हुन्न।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार