Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल-भारतबीच महाकाली नदीमा गाडी गुड्ने पुल निर्माणका लागि सम्झौता

    नेपाल-भारतबीच महाकाली नदीमा गाडी गुड्ने पुल निर्माणका लागि सम्झौता

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । छिमेकी मुलुक भारत सरकारको अनुदानमा महाकाली नदीमा गाडी गुड्ने पुल निर्माण हुने भएको छ।

    मंगलबार पुल निर्माणका लागि दुई देशबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । पत्रमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गरी गाडी गुड्ने पुलको निर्माणका लागि हस्ताक्षर भएको भारतीय राजदूतावासले जनाएको छ ।



    दूतावासका अनुसार सम्झौतामा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले मन्त्री श्रीमती रेणु कुमारी यादवको उपस्थितिमा सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।



    यस परियोजनाले नेपालको सुदुरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटिलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउने दुवै देशको विश्वास छ ।

    परियोजना चाँडै सुरु गर्ने योजना रहेको दूतावासको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार