Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै, यी हुन् एजेण्डा

    एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै, यी हुन् एजेण्डा

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ ।

    आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने गरी निर्वाचन आयोगले मिति प्रस्ताव गरेपछि एमालेको सचिवालय बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्दैछ ।



    प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत सो मितिमा सहमति जनाएपछि पार्टीको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो ।



    यस्तै बैठकमा विविध कारणले रोकिएका जिल्ला अधिवेशन तथा प्रदेश अधिवेशनको विषयमा पनि छलफल हुने बताइएको छ । एमाले सचिवालयमा पदाधिकारी (१९ जना) सदस्य रहने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार