Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पेट्रोलको मूल्य हालसम्मकै उच्च बनाएपछि पनि निगमले भन्यो- अझैं मासिक पाँच अर्ब ऋण लिनुपर्ने बाध्यता

    पेट्रोलको मूल्य हालसम्मकै उच्च बनाएपछि पनि निगमले भन्यो- अझैं मासिक पाँच अर्ब ऋण लिनुपर्ने बाध्यता

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 942
    SHARES

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च बनाएको नेपाल आयल निगमले अझै पनि महिनाको साढे ४ देखि ५ अर्बसम्म ऋण आवश्यक रहेको जनाएको छ।

    निगमले सानो अंश मात्रै मूल्य समायोजन गरिएको दावी गर्दै पेट्रोल तथा डिजेलमा ठूलो रकम नोक्सानीमै रहेको उल्लेख गरेको छ । निगमले जारी गरेको विज्ञप्तिअनुसार मूल्य समायोजनपछि अब पाक्षिक (१५ दिनको) घाटा २ अर्ब २३ करोड यथावत् रहनेछ ।



    विज्ञप्तिमा भनिएको छ, ‘पेट्रोलियम पदार्थ खरिदवापत आवश्यक पर्ने रकम जुटाई आपूर्ति व्यवस्था सहज बनाइराख्न आगामी दिनमा निगमलाई कठिनाई हुने देखिन्छ ।’ हिजो रातिबाट मात्रै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको थियो ।



    मूल्य बढेपछि पनि भारतको सिमावर्ती बजार रक्सौलभन्दा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपैयाँ २४ पैसा र डिजेल २५ रुपैयाँ ३१ पैसा सस्तो रहेको निगमको भनाइ छ ।हाल काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १४२ तथा डिजेल र मट्टटितेल १२५ रुपैयाँ पुगेको छ ।

    यस्तो छ बिज्ञप्ति:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार