Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमसीसीलाई लिएर सत्तासीन दलका नेताहरुबीच खटपट

    एमसीसीलाई लिएर सत्तासीन दलका नेताहरुबीच खटपट

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1K
    SHARES

    काठमाडौं । एमसीसी संसद् बैठकमा पेस गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर सत्तासीन दलका नेताहरुबीच खटपट भएपछि गठबन्धन जोगाउन एकले अर्कालाई फकाउन थालेका छन् ।

    काँग्रेसका नेताहरु बुधबार दिनभर सत्ताघटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेतालाई मनाउन दौडधुपमा व्यस्त रहे ।



    यसै विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि दौडधूप गरे ।काँग्रेसका नेताहरुले बुधबार दाहाल र नेपालसँग बेग्लाबेग्लै भेट गरे । दाहाल र नेपालले बिहान बेलुका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरे ।



    प्रधानमन्त्री देउवाले जसरी पनि संसद्को चालु अधिवेशनमा एमसीसी सम्झौता पेस गरी अनुमोदन गराउने नीति लिएपछि सत्ता गठबन्धन दलका नेताहरुबीच खटपट उत्पन्न भएको छ । नागरिक दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार