Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मानव अधिकार आयोगले मन्त्री यादवलाई भन्यो-‘सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिव्यक्ति नदिनु’

    मानव अधिकार आयोगले मन्त्री यादवलाई भन्यो-‘सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिव्यक्ति नदिनु’

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको छ । आयोगले बिहीवार मन्त्री यादवलाई आयोगमै बोलाएर सोधपुछसँगै अबदेखि उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको हो ।

    गत माघ ५ गते समाजवादी युवा संघले रौतहटको गौरमा आयोजना गरेको सभामा मन्त्री यादवले दिएको अभिव्यक्तिप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।



    जानकारी लिने क्रममा मन्त्री यादवले आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे पनि कसैप्रति लक्षित र पूर्वाग्रही नभएको तथा हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको बताएको आयोगले जनाएको छ ।



    गौरमा आयोजित कार्यक्तममा मन्त्री यादवले नजमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर हत्याकण्डा मच्चाउने अभिव्यक्ति दिएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार