Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सर्त संशोधन नभई कुनै हालतमा पनि एमसीसी पारित हुँदैन : प्रचण्ड

    सर्त संशोधन नभई कुनै हालतमा पनि एमसीसी पारित हुँदैन : प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको सर्त संशोधन नगरी पारित गर्न नसकिने बताएका छन् ।

    बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटीको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसीसीको सर्त संशोधन नभई कुनै हालतमा पनि पारित नहुने बताए ।



    ‘हामीले अमेरिकी सहयोग लिनै हुन्न भनेका छैनौं, अन्य सहयोग लिई पनि राखेका छौं, एमसीसीमा भएका केही प्रावधान संशोधन हुनुपर्छ । त्यसो भएमा एमसीसीको बजेट लिन गाह्रो छैन । एमसीसीमा भएका प्रावधान संशोधन नभए यथास्थितिमा पारित हुँदैन,’ अध्यक्ष दाहालले भने ।



    एमसीसीकै कारण गठबन्धन टुट्ने कुरा हल्ला मात्रै भएको बताउँदै पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म नै रहने दाबीसमेत उनले गरे । पाँच दलीय गठबन्धन टुटाउनका लागि अनेक षड्यन्त्र भइरहेको बताउँदै उनले जति षड्यन्त्र गरे पनि सफल नहुने बताए । राजधानी दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार