Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • राहदानी विभागको अनलाइन फारम किर्ते गरेको आरोपमा तीनजना पक्राउ

    राहदानी विभागको अनलाइन फारम किर्ते गरेको आरोपमा तीनजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 1K
    SHARES

    काठमाडौं । राहदानी विभागको अनलाइन फारम किर्ते गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित विभागको हाता बाहिर अनलाइन फारम किर्ते गरी सेवाग्राहीहरूबाट रकम असुलेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ घर भई काठमाडौंको सोल्टिमोड बस्ने ३५ वर्षीय दिनेश तामाङ, लम्जुङ बेसीसहर गाउँपालिका(११ घर भई काठमाडौंको टोखा बस्ने ४० वर्षीय नविनकुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटेका ३६ वर्षीय यमबहादुर थापामगर छन् ।



    उनीहरूलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनीहरूले किर्ते गरी सेवाग्राहीबाट रकम असुल गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो ।



    उनीहरूबाट प्रहरीले ४० हजार नगद, ल्यापटप, ५० थान किर्तेका कागज लगायत केही सामग्री बरामद गरेको छ । किर्ते गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएको छ । साथै उनीहरु माथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार