Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • भोलिका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि स्थगित

    भोलिका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 933
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरी सूचना टाँसेर स्थगित हुने भएको छ । सरकारले नै प्रतिनिधिसभाको बैठकको मिति सार्न आग्रह गरेको सभामुखको सचिवालयले जनाएको छ ।

    कानुनमन्त्रीले सभामुखलाई फोन गरेर प्रतिनिधिसभाको बैठक सार्न आग्रह गरेपछि स्थगि गर्न लागिएको बताइएको छ । अर्को बैठक अब फागुन २ गते बोलाउने तयारी भएको छ ।



    प्रतिनिधिसभाको माघ १६ गतेको बैठक पनि सूचना मार्फत् सारिएको थियो। त्यतिबेला माघ २६ गतेका लागि अर्को बैठकको मिति तोकिएको थियो ।



    तर माघ २५ गते साँझ नै फेरि बैठक सर्न लागेको हो । आज संसद सचिवालयले प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार