Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • किसान आन्दोलनको माग पूरा नभए चुनावमा अवरोध गर्ने सिके राउतको चेतावनी

    किसान आन्दोलनको माग पूरा नभए चुनावमा अवरोध गर्ने सिके राउतको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 1.2K
    SHARES

    पर्सा । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।

    आज (बुधबार) वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनमा अबरोधन गर्ने बताएका हुन् ।



    ‘सरकारले पहिला किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं,’ राउतले भने, ‘ माग सम्बोधन नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं,’ उनले भने ।



    जनमत पार्टी निर्वाचन विरोधी नभएको बताउँदै राउतले भने, ‘हामी निर्वाचनमा जान आतुर छौं । निर्वाचनमा जानु अगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनु पर्यो । किनकि एकैदिनमा यो समस्या समाधान हुने होइन,’ उनले भने ।

    अर्को चरणको किसान आन्दोलन फागुन १ गतेबाट घोषणा हुने पत्रकार सम्मेलनमा अध्यक्ष राउतले बताए । मौसमको खराबीका कारण राजमार्ग केन्द्रीत आन्दोलन ग्रामीण क्षेत्रमा सारिएको बताउँदै उनले फागुनबाट सशक्त कार्यक्रम आउने जानकारी दिए ।

    डेढ महिनादेखि किसानको आन्दोलन जारी रहँदा पनि किसानहरुको मागमा सरकारले चासो नदिएको भन्दै उनले आक्रोश समेत पोखे । किसान आन्दोलनमा उठेका माग दीर्घकालीन समाधानका लागि किसानसँग सम्बन्धित विधेयक ल्याएर ठोस कानुन नै बनाउनुपर्नेे आफूहरूको माग संघीय सरकारसँग रहेको अध्यक्ष राउतले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार