Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नेपाल–भारत सीमा नाका माघ २८ देखि फागुन २ गतेसम्म बन्द

    नेपाल–भारत सीमा नाका माघ २८ देखि फागुन २ गतेसम्म बन्द

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1K
    SHARES

    दार्चुला । भारतको उत्तराखण्डमा १४ फेब्रुअरीमा हुने विधानसभा निर्वाचनको लागि दार्चुलाका नेपाल–भारत जोड्ने सीमानाका बन्द गरिने भएको छ ।

    चुनावलाई लक्षित गरी यहि माघ २८ गते शुक्रवारदेखि फागुन २ गते सोमवारसम्म सीमानाका बन्द रहने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।



    बिहीवार प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले एक सूचना जारी गर्दै नेपाल–भारत जोड्ने सबै सीमापुल माघ २८ देखि फागुन २ गतेसम्म बन्द रहने जनाएको छ । नेपाल–भारत जोड्ने दार्चुलाका ६ वटा सीमा पुल रहेका छन् ।



    नेपाल र भारतमा हुने गरेका हरेक निर्वाचनमा दुवै सीमावर्ती क्षेत्रका प्रशासनिक अधिकारीको आपसी सहमतिमा सीमा नाका सिल गर्ने गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार