Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकी मन्त्रीले एमसीसी पास गर्न धम्की दिएको बारे जानकारी गराउन नेता रावलको माग

    अमेरिकी मन्त्रीले एमसीसी पास गर्न धम्की दिएको बारे जानकारी गराउन नेता रावलको माग

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमाले नेता भीम रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई लिएर शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले फोन गरेको विषयबारे यथार्थ जानकारी गराउन माग गरेका छन् ।

    आज राति सामाजिक सञ्जालमार्फत नेता रावलले शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको विषयबारे यथार्थ जानकारी गराउन माग गरेका हुन् ।



    यदि यसरी धम्की दिइएको भए एमसीसीसँगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानविरुद्ध भएको थप पुष्टि हुने उनको भनाइ छ ।



    उनले लेखेका छन्,’शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको भन्ने खवर समाचार माध्यममा आएको छ। यसबारे शीर्ष नेताहरूले जनतालाई यथार्थ जानकारी गराउनु पर्छ। यदि यसरी धम्की दिइएको भए एमसीसीसंगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानका विरूद्ध भएको थप पुष्टि हुनेछ।’अनुदान’ मा धम्की ?!’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार