Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकी नागरिकलाई तत्काल युक्रेन छाड्न बाइडेनको निर्देशन

    अमेरिकी नागरिकलाई तत्काल युक्रेन छाड्न बाइडेनको निर्देशन

    'जब अमेरिका र रुसले एक अर्कालाई गोली हान्न सुरु गर्छन् त्यो विश्वयुद्ध हुन्छ'

    अनलाइन नेपाल
  • शुक्रबार, २८ माघ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल उक्त देश छाड्न निर्देशन दिएका छन्। बाइडनले पछिल्लो समय युक्रेनतर्फका सीमामा बढेको रुसी सैन्य उपस्थितिप्रति चिन्ता दर्शाउँदै आफ्ना नगरिकहरुलाई यस्तो निर्देशन दिएका हुन्।

    बाइडनले यदि रुसले युक्रेनमाथि हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराएका छन्। उनले त्यहाको अवस्था छिट्टै भयानक हुनसक्ने समेत बताए।



    अमेरिकी विदेश मन्त्रालयले पनि युक्रेनमा रहेका अमेरिकीहरूलाई तत्कालै देश छाड्न आग्रह गरेको छ । ‘अमेरिकी नागरिकहरूले अब छोड्नुपर्छ,’ बाइडनले एनबीसी न्युजसँगको अन्तर्वार्तामा भनेको बीबीसीले उल्लेख गरेको छ।



    ‘हामी विश्वकै सबैभन्दा ठूलो मध्येको एक सेनासँग व्यवहार गर्दैछौँ। यो एकदमै फरक स्थिति हो र घटनाक्रमहरू छिट्टै भयानक हुन सक्छन्।’ अन्तरवार्तामा त्यहाँबाट बाहिरिन चाहने अमेरिकीहरूलाई उद्धार गर्न सेना पठाउन सकिने सम्भावनाबारे गरिएको प्रश्नमा बाइडेनले भने, त्यहाँ छैन । जब अमेरिका र रुसले एक अर्कालाई गोली हान्न सुरु गर्छन् त्यो विश्वयुद्ध हुन्छ । हामी यसअघि भन्दा धेरै फरक परिवेशमा पुगिसकेका छौँ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार