Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अमेरिकी राष्ट्रपति बाइडनलाई धम्की दिने व्यक्ति मारिए

    अमेरिकी राष्ट्रपति बाइडनलाई धम्की दिने व्यक्ति मारिए

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 870
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनलाई फेसबुकमार्फत् धम्की दिँदै आएका एक व्यक्ति मारिएका छन् ।

    बाइडेन युटाह राज्यको भ्रमणमा जानुभन्दा केही घण्टा अगाडि अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले क्रेग रोबर्टसन नामका व्यक्तिलाई युटाहस्थित उनकै घरमा गोली हानेर मारेको हो ।



    एफबीआईका अनुसार साल्ट लेक सिटीको दक्षिणमा पर्ने प्रोवो भन्ने स्थानमा रोबर्टसनकै घरमा उनीमाथि गोली प्रहार भएको थियो ।



    एफबीआईको टोली उनलाई पक्रन गएको बेला गोली चलेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार